९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

शेयर बजारमा आज पनि सुधार

शेयर बजारमा आज पनि सुधार
अ अ+ अ-

काठमाडौं । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.३२ बिन्दुले बढेर एक हजार १९१.९७ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज उच्च अङ्कले वृद्धि भएको छ । कूल १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता शेयर रु ९० करोड ६९ लाख ३६ हजार ७६३ मूल्य बराबरका शेयर खरीद बिक्री भएका छन् ।

कारोवार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ५.५ र अन्य उपसमूह २.५६ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ४.९८, विकास बैंक १.८३, जलविद्युत् ०.६९, वित्त १.२७, निर्जीवन बीमा १५३.७, उत्पादन ०.३१, लघुवित्त ३६.५१ र जीवन बीमा १६७.५ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा पनि एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ६३ लाख ८९ हजार ४९३, एनएमबी बैंक रु पाँच करोड ४२ लाख एक हजार ६५५, नेपाल इन्भेस्टमेन्ट बैंकको रु चार करोड ३२ लाख ६४ हजार ६७४, नेको इन्स्योरेन्स रु चार करोड २१ लाख ८८ हजनार २८१, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु तीन करोड ९८ लाख ६७ हजार ७२३, नेपाल बैंक लिमिटेड रु तीन करोड ७५ लाख ३२ हजार २३५ मूल्यको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमइ समुन्ति स्किम एक ९.८०, स्वरोजगार लघुवित्त विकास बैंक ८.४२, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.१२, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५३ बिन्दुले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनीका शेयरधनीले ४.५७ प्रतिशतले गुमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनी ४.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ३.०६, सिन्धु विकास बैंक ३.०३, अरुण कावेली पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाएका छन् ।