
काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सोमबार एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार राति सवा ८ बजे आईएस विन्द्र स्टेडियममा किंग्स इलाभेन पञ्जाब र सनराईजर्स हैदराबाद आमने सामने हुने छन् ।
पञ्जाबको घरेलु मैदानमा हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् । हैदरावाद विजयी भएमा शीर्ष स्थानमा पुग्नेछ भने पञ्जाब विजयी भएमा दोस्रो स्थानमा पुग्नेछ ।
अहिले तेस्रो स्थानमा रहेको हैदराबादको पाँच खेलमध्ये तीन खेलमा जित र दुई खेलमा हारसहित ६ अंक छ । छैटौं स्थानमा रहेको पञ्जाबको पनि समान ६ अंक छ ।
यी दुई टिमबीच प्रतिस्पर्धामा क्रिकेटको युनिभर्सल बोस भनेर चिनिने क्रिस गेल र विश्वचर्चित खेलाडी डेभिड वार्नर आमनेसामने हुँदैछन् । दुबै खेलाडी उच्च लयमा रहेका छन् ।
पञ्जाबको तिब्र गतिका बलर चल्न सकेका छैनन् । हैदराबादको टिम पनि उच्च प्रर्दशनमा रहेको छैन् ।









