२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : चेल्सीद्धारा वेष्ट ह्याम पराजित, हजार्ड बने नायक



अ+ अ-

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामलाई पराजित गरेको छ ।

चेल्सीले सोमबार राति आफ्नै घरेलु मैदानमा वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा इडन हजार्डले दुई गोल गरे ।

पहिलो हाफमा चेल्सीका लागि खेलको २४औं मिनेटमा हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।खेलको ९० औं मिनेटमा हजार्डले नै चेल्सीले फेरी गोल गर्दै २–० को अग्रता बनाउन सफल भयो ।

पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ । पराजित वेष्ट ह्यामको भने समान खेलबाट ४२ अंक छ ।

यता लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसको ३३ खेलबाट ८२ अंक रहंदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।