३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास
अ+ अ-

बाँके । दिनहुँ जसो चोक परिवर्तन, समय उस्तै उस्तै । नेपालगञ्ज बजारमा सवारी हाँकिरहेका चालकहरू भने अनौठो मानिरहेका हुन्छन् । कहिले पुप्पलाल चोक, कहिले धम्बोझी चोक त कहिले बी पी चोक ।

कहिले साँझ त कहिले बिहान । काठमाडाँैंका व्यस्त चोकहरूको ट्राफिक व्यवस्थापन जस्तै झल्को दिने गरी ट्राफिक व्यवस्थापनलाई तालीममा रहेका ट्राफिक प्रहरीले सघाइरहेका छन् । बाँकेमा सवारी साधनको सङ्ख्या बढिरहेकाले ट्राफिक व्यवस्थापन दिनप्रतिदिन कठिन बन्दै गइरहेको छ । अभ्यासमा रहेका ट्राफिक प्रहरीले पैदल यात्रुलाई जेब्राक्रसबाट कसरी पार गर्ने भन्ने तरीकासँगै चालक र सहयोगी चालक पनि ट्राफिक नियमहरूका बारेमा सिकाइरहेका हुन्छन् । त्यसो त यहाँका नागरिक भने ट्राफिक नियमप्रति अभ्यस्त भइसकेका छैनन् ।

ट्राफिक प्रहरीले अगाडि नबढ्न सङ्केत गर्दा पनि केही सवारीसाधन जेब्रा क्रसिङभन्दा अघि बढ्न खोज्छन् अनि, तालिमे ट्राफिक प्रहरीले नियम पढाउँछन् । धेरै अटेर गरी ट्राफिक नियम मिच्नेलाई केहीबेर रोकेर कारवाही पनि गर्छन् । युवा अधिकारकर्मी विशाल रानामगरले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ – “मेरो शहरमा ट्राफिक व्यवस्थापनको यो अभ्यास देखियो । अब चोकचोकमा रातो, पहेँलो, हरियो बत्ती (ट्राफिक लाइट) देख्ने इच्छा छ । कहिले पूरा होला ?” उहाँले नेपालगञ्जमा सवारी चाप बढेको महशुस गर्दै थप्नुभयो – “अब हामीलाई रातो, हरियो र पहेँलोको आवश्यकता अर्थात् ट्राफिक लाइटको !” नेपालगञ्ज–कोहलपुर सडकखण्डको विस्तारपछि यो सडक खण्डमा सडक दुर्घटनाहरू पनि बढेका छन् । चार लेन सडकमा सवारी साधन हाँक्दा ध्यान नपु¥याउनु, लेन नियम थाहा नहुनु, नमान्नु र जथाभावी बाटो काट्नु सडक दुर्घटनाका प्रमुख कारणहरू रहेको युवा अधिकारकर्मी राना मगरको बुझाइ छ ।

उहाँले भन्नुभयो – “जबसम्म बाटो हिँड्नेहरू ट्राफिक नियम, लेन नियमका बारेमा सचेत भई त्यसको पालन गर्दैनन् तबसम्म नगर क्षेत्रमा हुने दुर्घटना न्यून हुन सक्दैन । ट्राफिक नियम पालना नभएको भनेर जरिवाना लिँदैमा ट्राफिक व्यवस्थापन चुस्त हुन सक्दैन ।” सडकमा सुरक्षित हिँड्डुल गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । उहाँले भन्नुभयो – “सडक सुरक्षालाई प्रत्याभूत गर्नु राज्यको दायित्व हो । यो राज्यले प्रदान गर्नुपर्ने सार्वजनिक सेवा पनि हो । यसलाई व्यवस्थित बनाउन केही रणनीतिक कदम चाल्न जरुरी छ ।” सवारीसाधनको बढ्दो चापलाई ध्यान दिएर आवश्यक ट्राफिक प्रहरी जनशक्ति जुटाई नियमित रूपमा यस्तो काम गरिएमा मात्र जनता अभ्यस्त हुन्छन् र ट्राफिक व्यवस्थापन पनि चुस्त बन्छ ।

सवारी नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दै गएको समयमा तालीममा खटिएका ट्राफिक प्रहरीका कारण पनि केही हदसम्म समस्या समाधान भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले बताउनुभयो । ट्राफिक नियम अटेर गर्नेहरू पनि सचेत भएको उहाँले बताउनुभयो । “अभ्यासमा रहेका ट्राफिक प्रहरीले सबैलाई ट्राफिक नियमको पालना गराइरहेका छन्,” प्रहरी उपरीक्षक रोकायले भन्नुभयो – “ट्राफिक नियम नजानेर भन्दा अटेरीका कारण भएका दुर्घटना कम भएका छन् । मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या पनि घटेको छ ।” तालीममा रहेका ट्राफिक प्रहरीहरू सवारी आवागमनलाई सहज बनाउन अभ्यासमा खटिएको प्रहरी उपरीक्षक रोकायले बताउनुभयो ।

उहाँका अनुसार केही दिनभित्रै नेपालगञ्जका सबै चोकमा ट्राफिक बुथ (आइल्याण्ड) मार्फत ट्राफिक व्यवस्थापन गर्ने गरी काम भइरहेको छ । जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको बताउँदै ट्राफिक प्रहरीको थप दरबन्दीका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो । हाललाई नेपालगञ्जका विभिन्न चोकमा साँझ र बिहान हातकै इशाराले भए पनि ट्राफिक व्यवस्थापन गर्ने काम हुँदैआएको छ । चैत महिनाभर चल्ने अभ्यासमा २४ जना ट्राफिक प्रहरी सामेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक ओम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभ्यास सकिएपछि १० जना बाँकेमै रहने छन् । सबैले ट्राफिक नियमको पालना गरिदिए सवारी दुर्घटनामा कमी आउने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालगञ्जका साथै कोहलपुर क्षेत्रको ट्राफिक व्यवस्थापनमा पनि लागिरहेका छौं । केही दिनमै चौराहा आसपासका ठेलाहरू हटाउँछौं ।”

अटो तथा ई–रिक्सा निगरानीमा

हर्न निषेध गरिएको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा अटो तथा ई–रिक्सालाई निगरानी गर्न थालिएको छ । दुर्घटनाको जोखिम कम गर्न सचेतना, कारवाही र निगरानीसँगै ट्राफिक प्रहरीले अटो तथा ई–रिक्साको दायाँतर्फ डण्डी लगाउन अनिवार्य गरेको छ ।

“ओभरलोड र सम्भावित दुर्घटनाबाट जोगाउन अटो तथा ई–रिक्साको दायाँतर्फ डण्डी लगाउन अनिवार्य गरेका छौं,” जिल्ला ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीम ओलीले भन्नुभयो – “दायाँतर्फबाट यात्रु झर्ने र चढ्ने कार्यले जोखिम बढाएको हो ।” जोखिम बढेपछि कोहलपुर र नेपालगञ्जमा अटो तथा ई–रिक्सामा फलामको डण्डी अनिवार्य गरिएको हो ।

कोहलपुर र नेपालगञ्जमा गरी एक साताको अवधिमा डेढ सयभन्दा बढी रिक्सामा डण्डी लागिसकेको ट्राफिक प्रहरीले बताएको छ । चैत महीनाभित्र सबै रिक्सामा अनिवार्य लगाउन भनिएको छ । सो समयभित्र नलगाउने रिक्साहरूलाई कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरीको चेतावनी छ । रिक्सामा बार नहुँदा जबर्जस्ती यात्रु बोक्ने भएकाले डण्डी लगाएपछि नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

७२ सवारी कारवाहीमा

लामो दूरीका सवारीसाधनमा अनिवार्य दुईजना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले अटेर गरेपछि ‘एप्स’मार्फत निगरानी गर्न शुरु गरेको ट्राफिक प्रहरीले अहिलेसम्म ७२ सवारी धनीमाथि कारबाही गरिसकेको छ । गएको माघको अन्तिम सातादेखि ‘ट्राफिक कम्युनिकेसन एप्स’मार्फत निगरानी शुरु गरेको ट्राफिक प्रहरीले बाँकेले चप्परगौढीमा चालकको विवरण सङ्कलन र बाहिरी जिल्लाबाट आएका सवारीको जाँच गर्ने गरेको छ । पहिलो चरणमा पश्चिम नवलपरासीको भुमही, बाँकेको कोहलपुर, काठमाडौँको नागढुङ्गा र सर्लाहीको कर्मैयाबाट सञ्चालनमा ल्याइएको यो एप्समार्फत एउटै चालकले लामो दूरीसम्म यातायात चलाएको पाइएमा निगरानी तथा कारवाही गर्ने गरिएको छ । दैनिक करीब ७५ वटा गाडी चालकको विवरण एप्समा राख्छौं ।

त्यति नै सङ्ख्यामा बाहिरी जिल्लाबाट आउने सवारी चालकमाथि जाँच हुन्छ । नियमित विपरीत पाइए कारवाही गर्ने गरेको बताउँदै रोकायले भन्नुभयो – “एप्समार्फत ट्राफिक प्रहरीले अब लामो दूरीमा सवारी सञ्चालन गर्ने व्यवसायीले एउटै चालकको भरमा सवारी चलाएको कार्यालयबाटै पत्ता लगाउन सक्नेछ ।”

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्य हुनुपर्ने प्रावधान छ । लामो दूरीमा एक चालकले सवारी चलाउँदा थकान भएर दुर्घटनाको जोखिम बढ्ने भएकाले एप्समार्फत निगरानी थालिएको बताउँदै उहाँले भन्नुभयो – “एप्स सञ्चालनमा लागि २४ सैं घण्टा राजमार्गमा ट्राफिक प्रहरीको व्यवस्था गरिएको छ ।” एप्समार्फत सवारीसाधनमा चालकको फेरबदलको विवरणसँगै निश्चित विन्दुमा सवारी चालकको तस्वीर खिचेर सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरिन्छै निश्चित विन्दुमा सवारी चालकको तस्वीर खिचेर सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरिन्छ ।