२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी डाक्टरहरु आजै काममा नफर्किए कारबाही गर्ने चेतावनी



अ+ अ-

काठमाडौं । सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु मंगलबार काममा नफर्किए आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत काममा फर्किन आह्वान गरेको थियो ।मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने,यदि उहाँहरु काममा फर्किनु भएन भने प्रचलित कानुन बमोजिम कारवाही हुन्छ । मन्त्रालयले यसबारेमा हिजै प्रष्ट पारिसकेको छ ।’

सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा वार्ता हुनसक्ने श्रेष्ठले बताए ।

सरकारी चिकित्सकहरु बिगत केही दिनदेखि समायोजनविरुद्ध अस्पताल नै बन्द गरेर आन्दोलनमा छन् ।सरकारले कर्मचारी समायोजन प्रतिबद्धता विपरीत गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबारदेखि सेवा ठप्प पार्ने निर्णय गरेपछि दैनिक झण्डै एक लाख सर्वसाधारणले अत्यावास्यक बाहेकका कुनैपनि सेवा सरकारी अस्पतालबाट पाउन सकेका छैनन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक,गैरकानुनी स्वास्थ्य सचिव नियुक्ती, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपः कुलपति नियुक्ती र चिकित्सकका सेवा सुबिधाप्रतिको विरुद्ध गोदान आबद्ध चिकित्सकहरु आन्दोलनमा छन् ।

एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरेपनि कार्यन्वयन नगरेको उनीहरुको भनाई छ ।

सरकारी चिकित्सकहरूले आन्दोलन अवधिभरको तलब भत्ता नलिने घोषणा गरिसकेका छन् । देशभर करिब १४ सय सरकारी चिकित्सक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशमा ८४ वटा जिल्ला अस्पताल, १० अञ्चल अस्पताल, काठमाडौंमा ५ वटा केन्द्रीय अस्पताल, २ क्षेत्रीय र २ वटा उपक्षेत्रीय अस्पताल रहेका छन् ।

मुलुकमा १५ हजार चिकित्सक अपुग भइरहेका बेला भएका चिकित्सकहरु नै आन्दोलनमा उत्रिएपछि स्वास्थ्य क्षेत्र यो वा त्यो बहानामा अस्तव्यस्त बन्दै जान थालेको गुनासो बढ्न पुगेको छ ।

मन्त्रालयका प्रवक्ता श्रेष्ठले चिकित्सकको माग सम्बोधनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको बताए ।