• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी ★   बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार ★   बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर ★   विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो ★   बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा ★   बक्स अफिसमा ‘एनिमल’को धमाका: ५ सय करोड नजिक

गृह मन्त्रालयले नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने



काठमाडौं । गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।  

बुधवार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताउनुभयो । नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रुपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले यस बारेमा पार्टीका शीर्षस्थ नेताहरु र पार्टी अध्यक्षहरुलाई जानकारी गराइने पनि बताउनु भयो । उहाँले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘सदनमा भएको अवरोधका कारणले पनि अवरोध खुल्ला र यसलाई व्यापक छलफल गरौँला भन्ने र छलफलको वातावरण बनिसकेपछि यसमा सहमति जुट्ला भन्ने हाम्रो प्रतिक्षा थियो । तथापि अहिले नागरिकता विधेयकलाई अघि बढाउने क्रममा र टुंग्याउने सन्दर्भमा छलफल गम्भीरतापूर्वक प्रारम्भ गरेका छौँ । पार्टीका सबै शीर्ष नेताहरु र पार्टी सभापतिहरुलाई हामीले यस बारेमा जानकारी गराउनेछौँ र सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका नेताहरुसँग हाम्रो आग्रह छ, नेपाली नागरिकले नागरिकता पाउने कुरा हामी सबैको साझा दायित्व हो । साझा दायित्व पूरा गर्न सबैको धारणा, सहयोग र आवश्यक्ता आवश्यक छ ।’

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अंगीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताउनु भयो । उहाँले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताउनु भयो । मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र  यो विषय दलीय सहमतिमा लगेर तत्काल टुंग्याउन आवश्यक रहेको बताउनु भयो ।

मन्त्री बडूले भन्नुभयो, ‘यसलाई धेरै ठूलो विवादको विषय बनाएर अहिले हामी जानुभन्दा पनि सबै पार्टीहरुको शीर्षस्थ क्रममा फेरि पनि यसलाई छलफल गरेर एउटा सहमतिका साथ अगाडि बढाउँदा मात्रै विवाद रहित हुन्छ । अन्य विषय फेरि छलफलमा नै लैजाउँला । निर्विवाद ढंगले मात्रै यसलाई टुंग्याउँ । विवादरहित बनाउँ । विवादरहित ढंगले अहिलेको कानूनलाई अन्तिम रुप दिऔँ । यदी नदिने हो भने, विवादको समय धेरै राख्ने हो भने धेरै ठूलो समस्या आइसक्यो । यो वैवाहिक अंगीकृतको समस्या भन्दा पनि झन विकराल समस्या त नागरिकता बिहीन अहिले जो जन्मसिद्ध नागरिकका र अंगीकृत नागरिकका बच्चाहरु नागरिकता बिहीन बनेका छन् । 

उनीहरुको पढाईदेखि लिएर जागिर खाने, विदेश जाने रोजगारीका निमित्त आफ्नो व्यवसाय चलाउन नसक्ने भए । बैंक खाता खोल्न नसक्ने भए । यसको समस्या किन नहेरिदिएको भनेर आवाज उठिरहेको छ । त्यसलाई ध्यान दिन अझ जरुरी छ । यस्ता विषयमा बरु हामीले निर्विवाद टुंग्याऔँ । यो इस्यू पनि अहिले दलीय सहमतिमा लैजाने हो भने टुंगिन सक्छ । दलीय सहमतिको विषय बनाऔँ, सहमतिका साथ मात्रै अघि बढाऔँ । ढिलो नगरौँ, छिटै यसलाई टुंग्याउन जरुरी छ । नागरिकताको विषय धेरै पेचिलो बन्दैछ । सबै नागरिकहरुलाई नागरिकता बिहीन बनाएर धेरै वर्षसम्म राख्नु हुँदैन भन्ने राज्यको दायित्व छ । यो विषयले ल्याएको जुन समस्या छ, त्यसको समाधान तत्काल खोज्नुपर्छ ।’

मन्त्री बडूले धेरै समय नागरिकहरुलाई नागरिकता बिहीन बनाउनु नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनु भयो । नागरिकता विधेयक प्रतिनिधि सभाको राज्यब्यबस्था तथा सुशासन समितिमा २०७५सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।