१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

गृह मन्त्रालयले नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने

गृह मन्त्रालयले नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने
अ अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।  

बुधवार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताउनुभयो । नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रुपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले यस बारेमा पार्टीका शीर्षस्थ नेताहरु र पार्टी अध्यक्षहरुलाई जानकारी गराइने पनि बताउनु भयो । उहाँले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘सदनमा भएको अवरोधका कारणले पनि अवरोध खुल्ला र यसलाई व्यापक छलफल गरौँला भन्ने र छलफलको वातावरण बनिसकेपछि यसमा सहमति जुट्ला भन्ने हाम्रो प्रतिक्षा थियो । तथापि अहिले नागरिकता विधेयकलाई अघि बढाउने क्रममा र टुंग्याउने सन्दर्भमा छलफल गम्भीरतापूर्वक प्रारम्भ गरेका छौँ । पार्टीका सबै शीर्ष नेताहरु र पार्टी सभापतिहरुलाई हामीले यस बारेमा जानकारी गराउनेछौँ र सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका नेताहरुसँग हाम्रो आग्रह छ, नेपाली नागरिकले नागरिकता पाउने कुरा हामी सबैको साझा दायित्व हो । साझा दायित्व पूरा गर्न सबैको धारणा, सहयोग र आवश्यक्ता आवश्यक छ ।’

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अंगीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताउनु भयो । उहाँले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताउनु भयो । मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र  यो विषय दलीय सहमतिमा लगेर तत्काल टुंग्याउन आवश्यक रहेको बताउनु भयो ।

मन्त्री बडूले भन्नुभयो, ‘यसलाई धेरै ठूलो विवादको विषय बनाएर अहिले हामी जानुभन्दा पनि सबै पार्टीहरुको शीर्षस्थ क्रममा फेरि पनि यसलाई छलफल गरेर एउटा सहमतिका साथ अगाडि बढाउँदा मात्रै विवाद रहित हुन्छ । अन्य विषय फेरि छलफलमा नै लैजाउँला । निर्विवाद ढंगले मात्रै यसलाई टुंग्याउँ । विवादरहित बनाउँ । विवादरहित ढंगले अहिलेको कानूनलाई अन्तिम रुप दिऔँ । यदी नदिने हो भने, विवादको समय धेरै राख्ने हो भने धेरै ठूलो समस्या आइसक्यो । यो वैवाहिक अंगीकृतको समस्या भन्दा पनि झन विकराल समस्या त नागरिकता बिहीन अहिले जो जन्मसिद्ध नागरिकका र अंगीकृत नागरिकका बच्चाहरु नागरिकता बिहीन बनेका छन् । 

उनीहरुको पढाईदेखि लिएर जागिर खाने, विदेश जाने रोजगारीका निमित्त आफ्नो व्यवसाय चलाउन नसक्ने भए । बैंक खाता खोल्न नसक्ने भए । यसको समस्या किन नहेरिदिएको भनेर आवाज उठिरहेको छ । त्यसलाई ध्यान दिन अझ जरुरी छ । यस्ता विषयमा बरु हामीले निर्विवाद टुंग्याऔँ । यो इस्यू पनि अहिले दलीय सहमतिमा लैजाने हो भने टुंगिन सक्छ । दलीय सहमतिको विषय बनाऔँ, सहमतिका साथ मात्रै अघि बढाऔँ । ढिलो नगरौँ, छिटै यसलाई टुंग्याउन जरुरी छ । नागरिकताको विषय धेरै पेचिलो बन्दैछ । सबै नागरिकहरुलाई नागरिकता बिहीन बनाएर धेरै वर्षसम्म राख्नु हुँदैन भन्ने राज्यको दायित्व छ । यो विषयले ल्याएको जुन समस्या छ, त्यसको समाधान तत्काल खोज्नुपर्छ ।’

मन्त्री बडूले धेरै समय नागरिकहरुलाई नागरिकता बिहीन बनाउनु नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनु भयो । नागरिकता विधेयक प्रतिनिधि सभाको राज्यब्यबस्था तथा सुशासन समितिमा २०७५सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।