
बुटवल । रुपन्देहीको बुुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा उपचारको क्रममा बालकको मृत्युु भएपछि छानविनको माग गरेका छन् ।
सोमबार साँझ बुुटवल उपमहानगरपालिका ११ का नारायण दर्लामीका दश महिनाका छोरा ओमको मृत्युु भएपछि उक्त माग गरिएको हो ।
इमरजेन्सीमा पुुयाएको एक घण्टासम्म पनि चिकित्सक नाउँदा बालकको मृत्युु भएको बुबा नारायणले बताए । बालकका आफन्तले शव बुझ्न मानेका छैनन् । उनीहरूले समयमै डाक्टर नआउँदा बालकको ज्यान गएकाले घटनाको छानविन गर्न माग गरेका छन् ।
अस्पतालका चिकित्सक डा. सन्तोष पोखरेलले वान्ता सर्केर मृत्युु भएको हुुन सक्ने बताए । उनले भने, ‘हामीले बिरामीलाई आउँदा वित्तिकै सिरिन्जबाट औषधि दिएका थियौं । तर, निमोनिया भएको बच्चा रहेछ ।
डा. पोखरेलले आफूहरूको कुुनै गल्ती नभएको बताएका छन् ।









