९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

इजरायली संसदको निर्वाचन : नेतान्याहूको अग्निपरीक्षा

इजरायली संसदको निर्वाचन : नेतान्याहूको अग्निपरीक्षा
अ अ+ अ-

जेरुसलेम । इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसक्नुभएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा हुनुहुन्छ । भ्रष्टाचारको आरोपका कारण विवादमा तानिनुभएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्व सैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ ।

तर राजनीतिमा त्यति अनुभव नभएका पूर्व सैनिक प्रमुखलाई बेन्जामिन नेतान्याहूलाई परास्त गर्न निकै कठिन हुने प्रक्षेपणहरु पनि आएका छन् ।मतदान निकै प्रतिस्पर्धी हुने भएकाले एकलौटी सरकार गठन गर्न कठिन हुने जनमत सर्वेक्षणहरुले देखाएका छन् । तर प्रधानमन्त्री नेतान्याहूले नै गठबन्धन सरकार बनाउन सक्ने सम्भावना रहेको देखाएका छन् । चुनावको अन्तिम नतिजा भने बुधबार बिहान प्राप्त हुनेछ ।पूर्व सैनिक प्रमुख गान्जले प्रधानमन्त्री नेतान्याहूले मुलुकमा विभाजनकारी राजनीति गरेको आरोप लगाउँदै प्रधानमन्त्री नेतान्याहूको सुरक्षा सेवाप्रतिको धारणा नै गलत रहेको बताउनुभएको छ ।

यो चुनाव ६९ वर्षीय वरिष्ठ नेता नेतान्याहूका निम्ति धेरै किसिमबाट जनमतसङ्ग्रह सरह रहेको छ । नेतान्याहूले इजरायलको सुरक्षा र आर्थिक वृद्धिका निम्ति विशिष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान दिने गरिएको छ । तर नेतान्याहूको बढ्दो प्रचारबाजी र भ्रष्टाचारको आरोपका कारण कतिपय जनता परिवर्तनको पक्षमा उभिएका छन् ।

यसपटकको चुनावी अभियानका क्रममा प्रधानमन्त्री नेतान्याहूले विपक्षीहरुमाथि कटुतापूर्ण चुनावी नारा प्रयोग गर्नुभएको छ । चुनावी अभियानलाई नजिकबाट हेरिरहेका टिप्पणीकारहरुले अरब इजरायली र अरुमाथि प्रधानमन्त्री नेतान्याहूले चरम दुश्मनका रुपमा व्यवहार गरेकामा पनि आलोचना गरेका छन् ।

नेतान्याहूले चुनाव हुनु तीन दिनअघि मात्र एउटा विवादास्पद प्रतिज्ञा गर्नुभएको छ । आफू विजयी भएमा पश्चिमी किनारामा रहेका इजरायली बस्तीलाई इजरायलमै गाभ्ने नेतान्याहूले घोषणा गर्नुभएको छ ।

इजरायलको सीमालाई पश्चिमी किनारामा विस्तार गर्ने प्रधानमन्त्री नेतान्याहूको विवादास्पद भनाईले प्यालेस्टिनीसँग यसअघि भएको दुई– देश समाधानको आशालाई समाप्त गर्ने स्पष्ट छ । दुई–देशको मान्यता दिने, इजरायल, राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको यसअघिको प्रतिबद्धतालाई यो घोषणाले अबमूल्यन गरेको छ ।

चुनावी प्रचारका क्रममा उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पबाट जेरुसेलमलाई इजरायलको राजधानी र गोलान हाइट्सको सार्वभौमसत्ता इजरायलकै भएको मान्यता दिलाउन सफल भएको बताउनुभएको थियो । उहाँले पश्चिमी किनाराका इजरायली बस्तीलाई इजरायली सार्वभौमसत्ताभित्र समायोजन गर्ने योजना बारेमा अमेरिकी नेतृत्वलाई जानकारी गराइसकेको पनि बताउनुभयो ।

“कसले यो कार्य गर्न सक्छ रु साँच्चिकै भन्नुपर्छ, अरु कसैले यो कार्य गर्न सक्दैन,” नेतान्याहूले आइतबार स्थानीय समाचार पोर्टल आरुज् शेभालाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ । “विश्वका अघिल्तिर को उभिन सक्छ रु अमेरिकी कङ्ग्रेसलाई कसले सामना गर्न सक्छ रु कसले जनताको विचारलाई त्यसतर्फ लैजान सक्छ ? ”

यसैबीच, उहाँले ट्रम्पकै शैली अपनाउँदै भन्नुभयो – भ्रष्टाचारको अनुसन्धान केबल मलाई कमजोर देखाउन मात्र गरिएको हो, त्यसमा कतै सत्यता छैन । सोमबार राति प्रधानमन्त्री नेतान्याहू प्रार्थनाका निम्ति जेरुसेलमको पश्चिमी पर्खाल पुग्नुभयो ।

पूर्व सैनिक ५९ वर्षीय गान्जले पनि पार्टी गठन गरी नेतान्याहूलाई चुनौती दिन कम्मर कस्नु भएको छ । उहाँले प्रधानमन्त्री नेतान्याहू भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै अब आमजनताले नेतान्याहूलाई बिदा गर्ने समय आइसकेको छ भन्नुभयो ।
उहाँले पश्चिम किनारालाई इजरायलमा गाभ्ने नेतान्याहूको योजना दक्षिणपन्थी मतदातालाई आफूतिर आकर्षित गर्ने “गैरजिम्मेवार” प्रयास मात्र रहेको आरोप लगाउनुभयो ।
गान्जले विश्वव्यापी रुपमा स्वीकार्य शान्ति सम्झौतालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पश्चिम किनाराका बस्ती र त्यहाँको सुरक्षा जिम्मा इजरायलले गर्नुपर्ने धारणा उहाँको छ ।उहाँले कुनै पनि किसिमको एकपक्षीय कदम नचाल्ने स्पष्ट गर्नुभएको छ ।

“अहिले परिवर्तनको आवश्यकता छ र परिवर्तनको अवसर पनि प्राप्त भएको छ,” गान्जले इजरायली सेनाको रेडियोमा बोल्दै भन्नुभयो । “इजरायलले एकता, सम्बन्ध र आशा जगाउनुपर्ने आवश्यकता छ, पराकाष्ठाको राजनीति अहिलेको आवश्यकता होइन ।”

गान्जले दुई जना पूर्व सैनिक प्रमुखहरु र पूर्व अर्थमन्त्री याइर लापिडलाई पनि साथमा लिनुभएको छ । उहाँहरु राज्य सञ्चालन र प्रशासनमा निकै अनुभवी मानिनुहुन्छ ।

जनमत सर्वेंक्षणले नेतान्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले बराबर स्थान प्राप्त गर्नसक्ने देखाएका छन् । इजरायली संसदमा १२० स्थान रहेको छ ।

सर्वेक्षणमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ । दुबैले ३०–३० स्थान प्राप्त गर्न सक्ने सम्भावना रहेकाले दुबै पार्टीले सरकार गठनका निम्ति अरु साना दल र स्वतन्त्र उम्मेदवारको सहयोग लिनु पर्नेछ ।
साना दक्षिणपन्थी पार्टीहरुले नेतान्याहूलाई समर्थन गर्ने सम्भावना रहेकाले पनि अबको प्रधानमन्त्री पनि उहाँ नै हुने सम्भावना छ । तर विगतमा भएका जनमत सर्वेक्षणका नतिजाहरु नमिलेकाले अहिल्यै चुनावी अडकल गर्न कठिन छ ।
चुनावका दिनसम्म पनि निर्णयमा नपुगेका मतदाताहरुको संख्या ठूलो रहेको मानिन्छ ।
नेतान्याहूले विजय हासिल गरेमा इजरायलका संस्थापक डेभिड बेन–गुरिअनकै समकक्षमा उहाँले इजरायलको सबैभन्दा बढी समय नेतृत्व गर्ने अवसर प्राप्त गर्नु हुनेछ । नेतान्याहू १३ वर्ष प्रधानमन्त्री रहिसक्नुभएको छ, र कतिपयले उहाँलाई “राजा बिबी” भन्न थालेका छन् ।

तर चुनावमा विजयी भए पनि उहाँमाथि भ्रष्टाचारको आरोपमा अदालतमा मुद्दा पर्ने सम्भावना छ । महान्यायाधीवक्ताले नेतान्याहूमाथि ठगी, धोखाधडी र विश्वासघातको नाममा अदालतमा मुद्दा दायर गर्ने बताइसक्नु भएको छ ।
अदालतमा मुद्दा दायर भए पनि उहाँले राजीनामा गर्नु पर्नेछैन । संविधान अनुसार अदालतबाट दोषी प्रमाणित भएमा मात्र प्रधानमन्त्रीको पद रिक्त हुन सक्दछ ।