१७ पुष २०८१, बुधबार
,
Latest
पौष १६ गतेः मैले बुझेको राष्ट्रिय मेलमिलाप रास्वपाका नेताहरु भारतीय दूतावासमा, पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली नयाँ वर्षको स्वागतमा झुम्यो काठमाडौं, पर्यटकीय क्षेत्र झिलिमिली न्यूजील्यान्ड, अस्ट्रेलियामा नयाँ वर्षको स्वागतमा आतिशबाजी भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह ‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’ पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव रिसाएकी पत्नीलाई कसरी फकाउने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैशाख १२ गते बारपाकमा सार्वजनिक बिदा



अ+ अ-

गोरखा । २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा आउँदो बैशाख १२ गते बारपाकमा सार्वजनिक बिदा दिइएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सुलिकोट गाउँपालिकाले सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने जनाएको छ ।

यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।