२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा बम विस्फोट, अमेरिकी सहित पाँच जनाको मृत्यु



अ+ अ-

काबुल । पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै सोमबार साँझ भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार सोमबार साँझ ५ः४५ बजे सो आक्रमण भएको थियो ।

अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन् ।

पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको यस आत्मघाती आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा पनि घाइते भएको बताएको छ ।

घाइते भएका सर्वसाधारणलाई नजिकैको सरकारी अस्पताल लगिएको संचार माध्यमहरुले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बाग्राम हवाई अखाडा नजिकै अमेरिकी र नेटो सैन्य शिविर रहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।