७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ समूहका चार कार्यकर्ताद्धारा आत्मसमर्पण



अ+ अ-

बाँके । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।

विप्लव समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।