३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर एक जनाको मृत्यु, १६ जना घाइते



अ+ अ-

डोटी । चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने १४ वर्षीय जनक रावलको मृत्यु भएको छ । राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । मृतक जनकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको सोही नगरपालिकाका वडा नं ४, ७ र ८ मा सोमबार राति चट्याङ लागेर अन्दाजी ३३ वर्षीय धर्मेन्द्र रावल, २७ वर्षीय गोविन्द रावल, ४५ वर्षीय धर्म रावल, १२ वर्षीय रमेश रावल, २२ वर्षीया रेतुका रावल, एक वर्षीय विप्लव रावल, ५७ वर्षीया उज्जा रावल, १९ वर्षीया सृजना रावल, २३ वर्षीया धिर्जा रावल, २० वर्षीय रघु रोक्का मगर, २२ वर्षीया कली रोक्का मगर तथा १९ वर्षीया सपना रोक्का मगर घाइते भएका छन् । घाइते अन्य तीन जनाको नाम खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।