काठमाडौं । राजधानीको बौद्ध जोरपाटीस्थित नविल बैंकको शाखाबाट झिकिएको ३ लाख मंगलबार दिउँसो लुटिएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार तीन जनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाको झोला थुतेर भागेका हुन् ।
प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।