७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब गरिवलाई सरकारले एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने



अ+ अ-

काठमाडौं । सरकारले गरिव नागरिकलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिव नागरिकलाई स्वास्थ्य विमा गरिदिने घोषणा गरेको बताए ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको बताए । उनले सबै गरिवलाई नागरिकलाई स्वास्थ्य विमामा पहुँच बनाउने आफ्नो लक्ष्य रहेको बताए ।