
वीरगञ्ज । जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिने निर्णको कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । गृह मन्त्रालयले गरेको परिपत्रलाई सर्वाेच्चले सोमबार कार्यान्वयन नगर्न आदेश दिएपछि प्रदर्शनमा उत्रिएका हुन् ।
सरकारमै सहभागी संघीय समाजवादी फोरम नेपाल निकट युवा र विद्यार्थी संगठनमा आवद्ध नेता कार्यकर्ताहरुको सहभागीतामा वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत माग गरेका थिए ।
फोरम नेपालको वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वर यादवको नेतृत्वमा वीरगञ्जको घण्टाघरमा भएको प्रदर्शन गरेको हो । उनिहरुले अंगिकृत नागरिकता पाएका सन्तानलाई नागरिकताबाट वञ्चित गर्न पाइदैन, नागरिकता विरोधी वकिलमाथि कारबाही गर,नागरिकताविरोधी आदेश खारेज गर, गृह मन्त्रालयले नागरिकतासम्बन्धी जारी गरेको सर्कुलर लागु गर लगायतका नारा लेखिएका प्ले कार्डसमेत बोकेका थिए ।
अध्यक्ष यादवले सहभागीले सर्वोच्च अदालतको निर्णय मधेशविरोधी भएको बताएका थिए । उनीहरुले सर्वोच्चको आदेश खारेज हुनुपर्ने र रिट दायर गर्ने अधिवक्तालाई कारबाही गर्नुपर्ने माग राखे ।
वि.सं २०६३ मा जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजकै आधारमा नागरिकता वितरण गर्नु भनी संविधानमै उल्लेख गरिएको भए पनि केही संकिर्ण मानसिकता बोकेका अधिवक्ताहरुले मधेशी युवालाई नागरिकताविहीन बनाएर देशमा द्वन्द्वको बीउ रोप्न खोजेको आरोप उनले लगाए ।









