९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्वोच्चले दिएको आदेशको विरोधमा वीरगञ्जमा प्रदर्शन, प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी

सर्वोच्चले दिएको आदेशको विरोधमा वीरगञ्जमा प्रदर्शन, प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी
अ अ+ अ-

वीरगञ्ज । जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिने निर्णको कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । गृह मन्त्रालयले गरेको परिपत्रलाई सर्वाेच्चले सोमबार कार्यान्वयन नगर्न आदेश दिएपछि प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारमै सहभागी संघीय समाजवादी फोरम नेपाल निकट युवा र विद्यार्थी संगठनमा आवद्ध नेता कार्यकर्ताहरुको सहभागीतामा वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत माग गरेका थिए ।

फोरम नेपालको वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वर यादवको नेतृत्वमा वीरगञ्जको घण्टाघरमा भएको प्रदर्शन गरेको हो । उनिहरुले अंगिकृत नागरिकता पाएका सन्तानलाई नागरिकताबाट वञ्चित गर्न पाइदैन, नागरिकता विरोधी वकिलमाथि कारबाही गर,नागरिकताविरोधी आदेश खारेज गर, गृह मन्त्रालयले नागरिकतासम्बन्धी जारी गरेको सर्कुलर लागु गर लगायतका नारा लेखिएका प्ले कार्डसमेत बोकेका थिए ।

अध्यक्ष यादवले सहभागीले सर्वोच्च अदालतको निर्णय मधेशविरोधी भएको बताएका थिए । उनीहरुले सर्वोच्चको आदेश खारेज हुनुपर्ने र रिट दायर गर्ने अधिवक्तालाई कारबाही गर्नुपर्ने माग राखे ।

वि.सं २०६३ मा जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजकै आधारमा नागरिकता वितरण गर्नु भनी संविधानमै उल्लेख गरिएको भए पनि केही संकिर्ण मानसिकता बोकेका अधिवक्ताहरुले मधेशी युवालाई नागरिकताविहीन बनाएर देशमा द्वन्द्वको बीउ रोप्न खोजेको आरोप उनले लगाए ।