
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बा रियल मड्रिड जाने भएका छन् । फ्रान्सको ‘फ्रान्स फुटबल’ म्यागेजिनका अनुसार पोग्बा नयाँ सिजनमा मड्रिड जाने पक्का भएको बताएको छ ।
मंगलबारको म्यागजिनमा फ्रान्स फुटबलले कभर स्टोरी नै पोग्वाको रियल मड्रिड जाने सम्भावनामा केन्द्रित गरेको छ ।
बालोना डिओर जित्ने पोग्बाको इच्छा पनि युनाइटेडबाट भन्दा मड्रिडबाट नै नजिक रहेको फ्रान्स फुटबलले जनाएको छ ।
२६ वर्षका पोग्बाको खेलको विकास प्रिमियर लिगमा भन्दा लालिगामा नै राम्ररी हुने उल्लेख गरिएको छ ।









