९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

जडीबुटीको जामले चालक र यात्रु हैरान

जडीबुटीको जामले चालक र यात्रु हैरान
अ अ+ अ-

काठमाडौं । पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गरेका छन् । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उनि एक घण्टा पहिले नै निस्कने गर्छन् । मोटरसाइकलमा चार किलोमिटर दूरीमा पुग्न १५÷२० मिनेट लाग्ने भए पनि जडीबुटीमा दैनिक हुने जामका कारण उनि एक घण्टा पहिले नै घरबाट निस्कने गर्छन् ।

एक घण्टा पहिले निस्कँदासमेत कहिलेकाहीँ समयमा पुग्न नसक्ने उनको गुनासो छ । उनले भने, “जडीबुटीमा दैनिक १५÷२० मिनेटदेखि आधा घण्टासम्म जाममा परिन्छ भन्ने सोचेर नै घरबाट निस्कने गरेको छु ।”

थापाजस्तै मूलपानीकी रञ्जना शर्मा दैनिक आधा घण्टा जडीबुटीको जाममा पर्ने गरेको गुनासो गर्छन् । बालकुमारीस्थित एउटा सहकारी संस्थामा कार्यरत उनि दैनिक हुने जामका कारण हैरान बनेका छन् । सन्तानलाई हतारिएर ठीक पारेर निस्कने गरेको उनले बताए । सन्तानलाई दिनुपर्ने आधा घण्टा समय जामलाई दिनुपरेको उनको गुनासो छ ।

एकातिर बसले छोटो दूरीमा रोकिरहने अर्कातिर दैनिक हुने जामका कारण कोटेश्वर पुग्नै घण्टौँ लाग्ने गरेको छ । वर्षेनी सवारीको चाप बढेसँगै यहाँ लामो समयसम्म सडक नखुल्ने गरेको उनले बताए । उनले भने, “अहिले त जाम बढ्दै गएर पेप्सीकोला चोकसम्म नै पुग्छ ।”

जडीबुटी चोकमा दैनिक हुने जामका कारण सवारीचालक र यात्रु हैरान छन् । काठमाडौँ उपत्यकाका बढी जाम हुने ठाउँमध्ये जडीबुटी चोक पनि रहेको छ । यो चोकमा दैनिक आधा घण्टासम्म जाम हुने गरेको छ । कहिलेकाही एक घण्टासम्म सडक नखुल्ने स्थानीयवासी बताउँछन् । चोकमा ट्राफिक बत्ती नहुँदा ट्राफिक प्रहरीले नै सडक व्यवस्थापन गरिरहेका छन् । अरनिको राजमार्गबाट आएका सवारीसाधनलाई भन्दा पनि पेप्सीकोला चोकतर्फबाट आएका सवारीसाधनलाई ट्राफिक प्रहरीले बढी समयसम्म रोक्ने गरेको गुनासो सवारी चालक गर्छन् ।

एकातिर काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक जिल्लाबाट आउने गाडीसँगै भक्तपुर नयाँबाटो हुँदै आउने सवारीसाधन त अर्कातिर मूलपानी, गोठाटार, काँडाघारी र भक्तपुर पुरानो बाटो हुँदै आउने सवारीसाधनका कारण यो सडकमा सधैँ व्यस्त हुने गरेको छ । जडीबुटीबाट कोटेश्वरसम्म निस्कने वैकल्पिक सडक नहुँदा यात्रु जति जाम हुँदा पनि यही सडकबाट हिँड्न बाध्य छन् ।

सडक विभागले भने जडीबुटीमा दैनिक हुने जाम हटाउने उपायको खोजी शुरु भएको जनाएको छ । यहाँको जामको कारण र समाधानको उपाय खोज्नका लागि सडक विभागको समन्वयमा जापानिज सहयोग संस्था (जाइका) ले अध्ययन गरिरहेको छ । यही आर्थिक वर्ष भित्रमै यहाँको जाम हटाउनका लागि के गर्न सकिन्छ भन्ने खाका आइसक्ने विभागका सहप्रवक्ता अर्जुन सुवालले बताउनुभयो । यस ठाउँमा ‘अण्डर पास’ वा ‘फ्लाइओभर’ मध्ये कुन उपयुक्त हुन्छ भन्ने खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “यो आवभित्रमा के गर्ने भन्ने टुङ्गो लागेपछि आगामी वर्षमा काम शुरु हुनेछ ।”

माइतीघरदेखि सूर्यविनायकसम्म छ लेनको सडक निर्माण गरेको जापान सरकारले जडीबुटीको जाम हटाउन आवश्यक संरचना बनाउन पनि इच्छुक भएको सहप्रवक्ता सुवालले जानकारी दिए । उनका अनुसार जाइकाले गरिरहेको प्रारम्भिक अध्ययनपछि नै विस्तृत रुपमा अध्ययन हुनेछ । उनले भने, “यस्तो संरचना निर्माण गर्दा जडीबुटीको जाम हट्न सक्ने भन्ने टुङ्गो लागेपछि सरकारको जाइकासँग निर्माणका लागि सम्झौता हुनेछ ।”

यहाँको जाम कम गर्नका लागि नै विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा ‘ट्राफिक डाइभर्सन’ शुरु गरेको सडक विभागले जनाएको छ । भक्तपुर नयाँबाटो हुँदै आएका सवारीसाधनलाई मनोहरा खोला करिडोरबाट जडीबुटी नआई ललितपुरतर्फ जान भनिएको हो । सडकमा सूचना राखेर र ट्राफिक प्रहरीले मौखिक रुपमा चालकलाई ‘डाइभर्सन’ को जानकारी दिइरहेको छ । जडीबुटीचोकको १५ देखि २० प्रतिशतसम्म सवारी चाप कम भएको सहप्रवक्ता सुवालले बताए । उनले भने, “चालकले जानकारी पाउँदै जाँदा करिडोरको प्रयोग बढ्ने र जडीबुटी चोकको जाम कम हुनेछ ।” रासस