६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्र हजार घुससहित यातायातका बिचौलिया पक्राउ



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था कार्यालय, बिर्तामोड, झापाका बिचौलिया सराफ शेख पक्राउ परेका छन् । शेखलाई सेवाग्राहीसँग रू १७,००० घुसबापतको रकम लिसकेको अवस्थामा पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट गएको टोलीले सवारी चालक अनुमतिपत्र ३ चक्के अटो रिक्सा को लागि लिइने प्रयोगात्मक परीक्षा उत्तीर्ण हुनको लागि परीक्षा स्थलमा खटिने कर्मचारीलाई घुस दिनु पर्छ भन्दै घुस मागेको आधारमा पक्राउ गरेको हो ।

शेखलाई बिर्तामोड नगरपालिका वडा नं.१ स्थित परिचय मार्गबाट नियन्त्रणमा लिईएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताए ।