
काठमाडौं । एक सातादेखि लगातार बदली रहेको मौसममा बुधबार भने सामान्य सुधार आउने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भूभागको मौसममा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने बताइन् ।
पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक हल्का वर्षाको सम्भावना पनि रहेको तर ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद नगरकोटीले जानकारी दिइन् ।









