७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानीबाट नुहाएर फर्केका पुनको मृत्यु



अ+ अ-

म्याग्दी । तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । भीरबाट लडेर जीतबहादुर पुनको मृत्यु भएको हो ।

आफन्तसँगै तातोपानीमा स्नान गरेर फर्किदै गरेको अवस्थामा धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर पुनको मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए ।

पूर्वब्रिटिस आर्मीसमेत रहेका पुन सेवानिवृत्त भएपछि सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएको थिए ।
पुन भिरबाट चिप्लेर करिब ३ सय मिटर तल खसेका थिए ।