१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेफ्टीट्याङ्की भित्र निसास्सिएर दुई जनाको मृत्यु



अ+ अ-

राँझा । बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की भित्र निसास्सिएर दुई जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारू रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

शौचालयको सेफ्टीट्याङ्की फोडेर राति नै दुवैको शव निकाली परीक्षणका लागि भेरी अस्पताल पठाइएको जानकारी दिए।