९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

कसैले गर्न नसकेको काम एक बर्षमा ओली सरकारले गरेर इतिहास रचेको छ : मन्त्री महासेठ

कसैले गर्न नसकेको काम एक बर्षमा ओली सरकारले गरेर इतिहास रचेको छ : मन्त्री महासेठ
अ अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् ।

मन्त्री महासेठले भने,‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ । हामीले ऐतिहाँसिक काम गरेका छौं । सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ ।’

मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोेले आफूहरुले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे । उनले थपे,‘तीन तहका सरकार निर्माण भएका छन् । तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन गर्यौं । योजनाहरु बाँडफाँड गरेका छौं ।’

मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे । उनले थपे,‘६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ । सय भन्दा बढि पुलहरु बनेका छन् । ९ सय वटा त नयाँ ट्रयाकहरु खुलेको छ ।’

त्यस्तै, काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले जनाए । उनले क्रस बोर्डर रेलवे निर्माणको काम भैरहेको बताए । यही आर्थिक वर्षभित्र जयनगर–जनकपुर रेल सञ्चालनमा आउनेपनि उनले स्पष्ट पारे ।

निर्माण कार्यमा गलत गर्नेहरुलाई सरकारले कारबाही गरिरहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘पप्पु कन्स्ट्रक्शनलाई नेपालगञ्जको पुल ठेक्कामा ५ करोड ७२ लाख जरिवाना गरिसकेका छौं । हामीले त्यो पुल बनाउनेगरि उपायपनि दिएका छौं । समस्याको समाधान गर्नुपर्छ । सरकार गम्भिर छ।’

मन्त्री महासेठले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनेगरि काम गरिरहेको विश्वास दिलाए । उनले भने,‘हामी सबै बालबालिकालाई विद्यालय पठाउँछौं । कसैलाई पनि शिक्षाबाट बञ्चित गराउँदैनौं ।’ त्यस्तै उनले सरकारी चिकित्सकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । उनले भने,‘सरकारले जे निर्णय गरेको छ, त्यो सही छ ।’