३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिकलाई एक हजार घुस दिन खोज्ने चालक पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरबाट ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ रहेका छन् । तामाङलाई मंगलबार दिउँसो काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीले जनाएको छ ।

तामाङका साथै उनको बा २ ख ६१८६ नम्बर गाडी पनिनियन्त्रणमा लाएर थप अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।