६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिकलाई एक हजार घुस दिन खोज्ने चालक पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरबाट ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ रहेका छन् । तामाङलाई मंगलबार दिउँसो काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीले जनाएको छ ।

तामाङका साथै उनको बा २ ख ६१८६ नम्बर गाडी पनिनियन्त्रणमा लाएर थप अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।