
काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ ।
बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको छ ।









