
काठमाडौं । घुस लिँदालिँदै रंगेहात पक्राउ परेका भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठको नाम विभूषण पाउनेको सूचिबाट हटेको छ ।
श्रेष्ठलाई १ वैशाखमा राष्ट्रपतिबाट जनसेवाश्री विभूषण प्रदान गर्न लागिएको थियो ।श्रेष्ठलाई असोज ३ गते संविधान दिवसका अवसरमा विभूषण दिने घोषणा गरिएको थियो ।
गृह मन्त्रालयका सहसचिव महादेव पन्तले श्रेष्ठको नाम विभूषित हुनेको सूचिबाट हटाइएको बताए ।यो विभूषण राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई दिने गरिन्छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा समेत दायर गरिसकेको छ। लेनदेन मुद्दा मिलाई दिने भन्दै उनले घुस लिएका थिए। हजारौँ अधिकृतमध्ये उनी उत्कृष्ठ भन्दै गृह मन्त्रालयले उनलाई छनोट गरेको थियो।









