९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बालुवाटारको जग्गा कानुन बमोजिम नै खरिद गरिएको हो : विष्णु पौडेल (विज्ञप्तिसहित)

बालुवाटारको जग्गा कानुन बमोजिम नै खरिद गरिएको हो : विष्णु पौडेल (विज्ञप्तिसहित)
अ अ+ अ-

काठमाडौं । सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले बालुवाटारस्थित ललिताविनास परिसरमा रहेको जग्गा कानुन अनुसार नै खरिद गरेको बताएका छन् ।


बुधबार जारी विज्ञप्तिमा पौडेलले उक्त जग्गा २०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको बताएका छन् ।उनले सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन गरेको उल्लेख गरेका छन् ।

“कानुन बमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भए जस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता छैन् । ” पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले “नागरिक” दैनिकलगायत अन्य सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारबाट भ्रममा नपर्न सबैमा आग्रह समेत गरेका छन् ।

आज मात्रै नागरिक दैनिकमा सत्तारुढ दलकै शक्तिशाली नेताले व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा खरिद गरेको लेखेका थिए ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनका नामा ललितानिवास परिसरमा जग्गा रहेको उल्लेख गरेका थिए ।

पौडेलको स्वामित्वमा रहेको आठ आनासहित ललितानिवासको ११३ रोपनी तीन अना जग्गा सरकारले रोक्का राखिसकेको पनि लेखेका थिए ।

पूर्णपाठ

मिति : २०७५ चैत २७ गते

प्रेस वक्तव्य
आज २०७५ चैत २७ गते “नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा मेरो नाम जोडेर प्रकाशित÷प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छ । जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित÷प्रसारित भएकोमा मलाई दुःख लागेको छ ।
२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।“नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित यस प्रकारका समाचारबाट भ्रममा नपर्न सबैमा हार्दिक अनुुरोध गर्दछु ।

विष्णुप्रसाद पौडेल
बुटवल – ८, रुपन्देही