
काडमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’की छोरीले दिएको बन्दी बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तान संयुक्त इजलासले ओलीकी छोरी विपनाले दिएको रिट खारेज गर्ने फैसला गरेको हो ।
गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि गराइएको बम बिस्फोटको जिम्मा लिएका ओलीलाई चैत ९ गते प्रहरीले पक्राउ गरेको थियो ।
विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।









