२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेमन्तप्रकाश ‌ओलीकी छोरीले दिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज



अ+ अ-

काडमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’की छोरीले दिएको बन्दी बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तान संयुक्त इजलासले ओलीकी छोरी विपनाले दिएको रिट खारेज गर्ने फैसला गरेको हो ।

गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि गराइएको बम बिस्फोटको जिम्मा लिएका ओलीलाई चैत ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।