७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमार्फत सौदाबाजी गर्ने पक्राउ



अ+ अ-


काठमाडौँ: सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई सौदाबाजी गर्ने एक जनालाई प्रहरीको महानगरीय अपराध महाशाखा काठमाडौँले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने २६ वर्षीय केशवराज भट्ट रहेका छन् ।

भट्टले सामाजिक सञ्जालको दुरुपयोग गरी नक्कली फेसबुक खोली उच्च पदमा रहेका अधिकृतको फोटो राखेर युवतीलाई साथी बनाई सौदाबाजी गर्ने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनले आफू उच्च खानदानको भएको र नेपाल सरकारको शाखा अधिकृत भएकाले विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाइ युवतीलाई विश्वासमा पारी रकमसमेत ठगी गरेको खुल्न आएको छ ।

पीडित युवतीले महाशाखामा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा मङ्गलबार काठमाडौँको गौशालाबाट भट्टलाई पक्राउ गरिएको हो ।

उनलाई विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौँलाई बुझाइएको महाशाखाले जनाएको छ ।