७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवको कार्यकक्षमा मन्त्रीको ताला



अ+ अ-


हेटौँडा: काम नगरेको भन्दै प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालाबन्दी गरिदिनुभएको छ ।

काम नगरेको भन्दै मन्त्री दुलालले काम नगर्नुको कारण सोधेर लिखित स्पष्टीकरण सोधे पनि सचिव पौडेलले नटेरेपछि र नियमित कामकारवाहीसमेत अगाडि नबढाएपछि सचिवको कार्यकक्षमा आफूले तालाबन्दी गरिदिएको सामाजिक विकासमन्त्री दुलालले बताउनुभयो ।

मन्त्रालयमा हाजिर भएदेखि कुनै फाइल निर्णय नगर्ने, मन्त्रालयका आफ्नो मातहतका कर्मचारीलाई हप्की दप्की गरी अमर्यादित व्यवहार प्रदर्शन गर्नेलगायत कारणले हैरान भएर यस्तो कदम चालिएको मन्त्री दुलालको भनाइ थियो ।

उहाँले भन्नुभयो, “सचिव पौडेल आएपछि उहाँको कारणले कुनै पनि काम अगाडि बढेको छैन, कर्मचारीहरुले पनि गुनासो गरेका छन् । सचिवले काम सम्पादन नगरेकाले, अघिल्लो मितिमा कुनै फाइल सदर गर्न नपाऊन् भन्ने उद्देश्यले ताला लगाइएको हो ।”

सचिवले फाइलहरु चाङ बनाएर आफूभन्दा अग्लो बनाएको तर निर्णय नगरेको मन्त्रीको गुनासो छ ।