७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलः पन्जाबकाे उच्च स्काेर, केएल राहुलले ठाेके शतक



अ+ अ-

मुम्बईः भारतमा जारी आइपिएल २०१९ अन्तर्गत बुधबार रातिको खेलमा किंग्स इलाभेन पन्जाबले मुम्बई इन्डियन्स विरुद्ध प्रभावशाली स्कोर खडा गरेको छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले ४ विकेट गुमाएर १९७ रन बनाएको छ ।
पन्जाबका लागि प्रारम्भिक ब्याट्सम्यान के एल राहुलले अविजित १०० रन बनाएका थिए । अर्का प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले पनि ३६ बलमा ६३ रन बनाए । गेलले ७ छक्का र ३ चौका प्रहार गरेका थिए ।

राहुलले भने ६ छक्का र ६ चौका प्रहार गरेका थिए । राहुलले यस सिरिजमा पहिलो सतक बनाउने क्रममा ६४ बलको सामना गरेका थिए ।

जवाफमा १९८ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १२ ओभरमा ४ विकेट गुमाएर १०४ रन बनाएको छ । नियमित कप्तान रोहित शर्मा बेगर नै मैदानमा उत्रेको मुम्बई आजको खेलमा प्रभावशाली देखिएको छैन ।

क्रिजमा अहिले कप्तान किराेन पाेलार्ड र हार्दिक पान्ड्या छन् ।