२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलः पन्जाबकाे उच्च स्काेर, केएल राहुलले ठाेके शतक



अ+ अ-

मुम्बईः भारतमा जारी आइपिएल २०१९ अन्तर्गत बुधबार रातिको खेलमा किंग्स इलाभेन पन्जाबले मुम्बई इन्डियन्स विरुद्ध प्रभावशाली स्कोर खडा गरेको छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले ४ विकेट गुमाएर १९७ रन बनाएको छ ।
पन्जाबका लागि प्रारम्भिक ब्याट्सम्यान के एल राहुलले अविजित १०० रन बनाएका थिए । अर्का प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले पनि ३६ बलमा ६३ रन बनाए । गेलले ७ छक्का र ३ चौका प्रहार गरेका थिए ।

राहुलले भने ६ छक्का र ६ चौका प्रहार गरेका थिए । राहुलले यस सिरिजमा पहिलो सतक बनाउने क्रममा ६४ बलको सामना गरेका थिए ।

जवाफमा १९८ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १२ ओभरमा ४ विकेट गुमाएर १०४ रन बनाएको छ । नियमित कप्तान रोहित शर्मा बेगर नै मैदानमा उत्रेको मुम्बई आजको खेलमा प्रभावशाली देखिएको छैन ।

क्रिजमा अहिले कप्तान किराेन पाेलार्ड र हार्दिक पान्ड्या छन् ।