७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा जीप दुर्घटना : पूर्व सांसद भण्डारीसहित दुईको मृत्यु, ८ जना घाइते



अ+ अ-

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटना परेर पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य एक जनाको मृत्यु भएको छ भने थप ८ जना घाइते भएका छन् ।

मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो ।

भण्डारी २०४८ सालमा गुल्मी –३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। मृत्यु हुने थप एकको सनाखत हुन सकेको छैन ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तमघासमा ल्याईदै छ। थप विवरण आउन बाँकी छ ।