६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीया छोरीलाई बलात्कार गरी फरार भएका बाबु पक्राउ



अ+ अ-

चितवन । आफ्नै १६ वर्षीया छोरीलाई बलात्कार गरी फरार भएर एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छोरीले गत सोमबार उनीविरुद्ध जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्।

पक्राउ पर्नेमा नुवाकोट घर भई हाल चितवन बसेका एक व्यक्ति रहेका छन् ।

पीडितले उजुरी गर्नुअघिनै फरार भएका ती बाबुले छोरीलाई ३÷४ महिनादेखि पटकपटक बलात्कार गर्दै आएको प्रहरीले बताएको छ । स्थानीयले घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेको र त्यस लगत्तै ती व्यक्ति फरार भएको बताइएको छ ।

४३ वर्षीय ती व्यक्तिको नामथर खुलाइएको छैन् । उनिविरुद्ध थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।