२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा १,३८८ मेगावाटका ३८ जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई घुडा टेकाउँछु भनेर लागे डाक्टरमाथि बल प्रयोग गरिन्छ, कसैलाई दया माया गरिदैन् : मन्त्री पण्डित



अ+ अ-

धनगढी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सहमति विपरित सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरले व्यवहार गरेको आरोप लगाएका छन् ।

उनले यदि डाक्टरहरु उपचारमा नर्फिकिए बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने चेतावनी समेत दिए ।

प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हने बताए ।

कानुनअनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको बताउदै ‘अबको निकास भनेको बल प्रयोग गरेर अस्पताल सञ्चालन गर्ने हो’, मन्त्री लालबाबु पण्डितले भने ।

राष्ट्रको सामु खाएको सपथअनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने उनले बताए। हिजोको जस्तै केन्द्रमा बसिरहन्छु भनेर कसैले पनि नसोच्न उनले सबैलाई आग्रह समेत गरे।