३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा जीप दुर्घटना : ८ वर्षीय बालक सहित मृत्यु हुनेहरुको संख्या ३ पुग्यो



अ+ अ-

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जिप दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । पछिल्लो पटक मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् ।

थापाको उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

यसअगाडि धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको थियो ।

मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस र गाडी चालक ३६ वर्षीय कमल पुरी रहेका छन् ।

यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिए ।