२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा जीप दुर्घटना : ८ वर्षीय बालक सहित मृत्यु हुनेहरुको संख्या ३ पुग्यो



अ+ अ-

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जिप दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । पछिल्लो पटक मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् ।

थापाको उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

यसअगाडि धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको थियो ।

मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस र गाडी चालक ३६ वर्षीय कमल पुरी रहेका छन् ।

यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिए ।