
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनर सोल्सायरले बार्सिलोनाविरुद्ध क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाकै मौदानमा गोल हान्ने बताएका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति घरेलु मैदानमा भएको पहिलो लेगमा हार व्यहोरेपछि पत्रकारहरुसँग बोल्दै सोल्सायरले क्लबले अवे खेलमा गोल निकाल्ने दाबी गरे ।
हामी एक स्पेनिस महारथी क्लब बार्सिलोनाको टोलीसाग खेल्दै छौं । यो कठिन छ । तर हामीले त्यहाँ गोल गर्नु पर्छ, प्रशिक्षक सोल्सायरले भने, दिमागमा गोल राखेर जाने छौं ।
बिहिबार राति भएको खेलमा युनाईटेड बार्सिलोनासाग १–० गोल अन्तरले पराजित भएको थियो । खेलको १२औं मिनेटमा लुका शाले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बनेको थियो ।
प्रशिक्षक सोल्सायरले बार्सिलोनाविरुद्धको दोस्रो लेगमा लिगको अन्तिम १६ अन्तर्गत पीएसजीविरुद्ध निकालेको जितले प्रेणित गर्ने बताए । युनाईटेडले लिग अन्तर्गत अन्तिम १६ मा पीएसजीविरुद्ध पहिलो लेगमा पछि परेपनि पुनरागमन गर्दै जित निकालेको थियो ।
कप्तान लियोनेल मेस्सीको पासमा लुइस सुआरेजको प्रहारलाई गोल लाइनबाट रोक्ने प्रयास गर्दा लुकाले आत्मघाती गोल गर्न पुगेका थिए । भिएआरको सहायतामा उक्त गोललाई आत्मघातीको मान्यता दिएको थियो ।
जितसँगै बार्सिलोनाले नयाँ रेकड बनाएको छ । यो भन्दा अघि युनाइटेड र बार्सिलोनासँग हारेको थिएन । पछिल्लो ११ बर्षको इतिहास हेर्दा बार्सिलोना र युनाइटेड ६ पटक प्रतिस्पर्धा गरेका थिए। जहाँ दुबै टोलीको नतिजा समान थिए ।
बार्सिलोनाले युनाइटेडलाई युरोपिनयन प्रतियोगितामा उसकै घरमा पहिलो जितसमेत दर्ता गरेको छ । यसअघि बार्सिलोनाले यस प्रतियोगितामा कहिल्यै पनि युनाइटेडलाई उसकै घरमा हराउन सकेको थिएन ।









