
काठमाडौं । भारतको उपल्लो आसाम क्षेत्रमा पर्ने चाइनाटोली गाँउका मतदाता लोकसभा निर्वाचन बहिष्कार गरेका छन् ।कांग्रेसको गढ मानिने उक्त क्षेत्रमा उपयुक्त सडक नभएको भन्दै निर्वाचन बहिष्कार गरेका हुन् ।
आज बिहीबार निर्धारण गरिएको पहिलो चरणको लोकसभा निर्वाचन सडकको माग राखेर गाउँलेहरुले निर्वाचन बहिष्कार गरेको संचार माध्यमहरुले जनाएको छ ।
जोरहत क्षेत्रबाट हाल कमख्या प्रसाद तासा सांसद छन् । उनले भाजपाबाट अघिल्लो चुनाव जितेका थिए । त्यस अघि १८ वर्षसम्म, कांग्रेसका विजोय कृष्ण हन्दिक यस क्षेत्रका प्रतिनिधि थिए ।
विधान सभाको लागि भने चाइनाटोली मरियानी विधान सभा निर्वाचन क्षेत्रमा पर्छ । त्यसमा तीन पटक देखी कांग्रेस विधायक रुपज्याती कुर्मीले प्रतिनिधित्व गरिरहेका छन् ।









