७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको हो : प्रचण्ड



अ+ अ-

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् ।

भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताए ।

राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भने, “पञ्चायत विरोधी आन्दोलन भनौँ या २०६२÷६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ।” उनले थपे, “सङ्घीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो ।”