
काठमाडौं । इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
आफ्नो घरेलु मैदान जयपुरमा हुने खेलमा राजस्थान लिगको शीर्ष स्थानमा रहेको चेन्नाईविरुद्ध दोस्रो जितको खोजिमा हुनेछ ।
चेन्नाईले ६ खेलमध्ये पाँच खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएर लिगको शीर्ष स्थानमा छ ।
यता राजस्थानभने लिगको सातौं स्थानमा छ । राजस्थानले ५ खेलमध्ये एक खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ ।
राजस्थान आफ्नो छैटौ खेलमा पनि पराजित भए उसको प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्नेछ । यता, चेन्नाईले जित हात पारेमा भने उसको प्लेअफमा पुग्ने सम्भावना झनै बलियो बन्नेछ ।
खेल राति ८ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
अंक तालिकाः
१. सीएसके (१० अंक)
२. केकेअार (८ अंक)
३. मुम्बइ (८ अंक)
४. पन्जाब (८ अंक)
५. सनराइजर्स (६ अंक)
६. दिल्ली क्यापिटल्स (६ अंक)
७. राजस्थान राेयल्स (२ अंक)
८. अारसीबी (० अंक)









