२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडान : पाउरोटी र इन्धनको मूल्य बढाएपछि शुरु भएको प्रदर्शनले उग्र रुपै लिँदै



अ+ अ-

खार्तुम । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।

सुडानमा चार महिनादेखि जारी यस सरकारी विरोधी प्रदर्शन गत शनिबारदेखि पुनः चर्किएको छ । हजारौं प्रदर्शनकारीले खार्तुममा अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गर्दै सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका छन् ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यमकाअनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयौं व्यक्तिको ज्यान जाने दाबी गरेका छन् ।

सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट शुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत शनिबारबाट पुनः चर्चिएको यस विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या ४९ पुगेको थियो ।

खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनस्थार्पित गर्नुपर्ने आह्वान सहित प्रदर्शन सुरु भएको थियो ।

गत मङ्गलबार बिहान सबेरै सेनाको मुख्यालय सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेका थिए । बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा । जारी यस आन्दोलनको क्रममा २२ ओटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका छन् ।

प्रदर्शनकारीले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन् । यसैबीच सुडान सेनाले जारी हिंसात्मक प्रदर्शनको विषयलाई लिएर बिहीबार महत्वपूर्ण घोषणा गर्ने जनाएको छ । सरकारी टेलिभिजनको समाचारमा ‘सुडानी सेनाले चाँडै महत्वपूर्ण वक्तव्य दिँदैछ, प्रतिक्षा गर्नुहोला भन्ने सन्देश प्रशारण गरिएको छ ।

खार्तुमका हजारौं बासिन्दा सेनाको मुख्यालय बाहिर विगत छ दिनदेखि धर्नामा बसेका छन् । उनीहरुले सेनाले राष्ट्रपति बसिरलाई समर्थन गर्न छाडी प्रदर्शनकारीलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । –एएफपी




भर्खरै