६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिच्छवीकालीन समयदेखि मनाइदै आएको विस्केट जात्रा सुरु



अ+ अ-

काठमाडौं । लिच्छवीकालीन समयदेखि मनाइदै आएको टोखाको विस्केट जात्रा भोलीदेखि सुरु हुने भएको छ । यस जात्रालाई नयाँ वर्षसंग जोडिएर मनाउने गरिन्छ ।

बैशाख १ गतेको चार दिन अगाडिबाट हुने जात्रामा सपनतीर्थ मन्दिर परिसरको त्रिवेणी र दूधवेनी खोलाको संगम स्थललाई थुनि पोखरी बनाइने गरिन्छ । सो पोखरीमा ४ दिनमा जसरी पनि पानी भरिएकै हुनुपर्ने छ चैत्र मसान्तको दिनमा बिहानैदेखि नुहाइ धुवाइ गरी मीठो भोजन गरी अधिकांश बागद्धार जान्छन र बेलुका श्री सपनतीर्थ विनायक श्री चण्डेश्वरी माईको मूर्तिलाई खटमा राखी चिलाख(मुस्या प्वाः)प्रज्ज्वलन गरी बाजागाका साथ टोखा नगर परिक्रमा गराईन्छ ।

बैशाख १ गते नयाँबर्ष आगमनको रात एकदुइ बजे सपन विनायकको माता संकटामाईले सपनतीर्थ पोखरीमा स्नान गरेको केही संकेत आएपश्चात स्नान गर्न शुरु गरीन्छ । त्यतिञ्जेल सम्म चराचुरुङ्गीहरुले समेत पोखरीमा डुवुल्की नमारोस भनि पोखरीको चारैतिर बसि पहरा दिने चलन छ ।उक्त शिद्ध पोखरीमा स्नान गर्दा कुष्ठरोग निकोहुने जन बिस्वासको आधारमा लाखौं भक्तजनहरु मेला भर्न आउने गर्दछन ।

मेला भरी सकेपछि टोखा बजारमा दिन भरि नै बिभिन्न ठाउँबाट आई लोकदोहोरीका साथ नाचगान गरी रमाइलो गरिन्छ । सोही दिन बेलुका ४ बजेतिर मसानकाली माई मन्दिर परिसर भुतखेल चौरको भुमिमा उत्पादन हुने सम्पूर्ण खाद्यान्न अन्न वीजहरु र चराचुरुङ्गीको प्रतिमा ल्याइ आचायजुबाट होम गरिन्छ ।

बैशाख २ गते बिहान सबै देवगणहरु चण्डेश्री,सपनतीर्थ,महादेव, सरस्वती, मसानकाली, गणेश, कोथु गणेश आ–आफ्नो आशन एलागटोल बिसाइन्छ ।

सरकारी पुजा र जीवित देवी गणेश कुमारी आगमन संगै सिन्दुर जात्रा सुरु हुन्छ टोखा नगर परिक्रमा गरी थनेलाछीमा आ–आफ्नो आशनमा बिसाइन्छ। रातभर भजन कीर्तन गरिन्छ र जात्रा नाग संग सम्बधित भएकोले या प्याखँ नाच र नाग प्याखँ नाच देखाइन्छ ।दियो बत्ती दिनेको भीड हुने गर्छ।

बैशाख ३ गते बिहानै सिन्दुर जात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा गरी हासलेमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाइन्छ । दिनभर पूजा–आजा भजन कीर्तन सहित पुनः ४ बजेतिर सरकारी पुजा र जीवित देवी गणेश कुमारी आगमन संगै सिन्दुर जात्रा गरी सरस्वती चौरमा रहेको पोखरीमा सबै देवदेवीहरुलाई स्नान गर्ने चलन छ ।

त्यस पश्चात भुतखेलमा अवस्थित मसानकाली माईको मन्दिर परिक्रमा गराई फर्केपछि सरस्वती चौरमा पिगंन्द्यो र कोथु गणेद्योबाट बाटो छेकी केही समय रमाइलो गर्ने चलन छ ।

त्यस पश्चात टोखा नगर परिक्रमा गराई कोनेलाछीमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाइन्छ । रातभर भजन कीर्तन गरि दवलीमा या प्याखँ र नाग प्याखँ देखाइन्छ ।दियो बत्ती दिनेको भीड हुने गर्छ ।

बैशाख ४ गते बिहानै सिन्दुर जात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा गरी गछें टोलमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाईन्छ ।

दिनभर पूजा–आजा भजन कीर्तन गरिन्छ । दिउँसो ४ बजे सिन्दुर जात्रा गरी टोखा नगर परिक्रमा गरी सबै रथहरु कोने लाछीमा जम्मा भई रमाईलो गरे पश्चात आ–आफ्नो देवघरमा रथ आफ्नो पालो भएको घरमा विधिवत रुपमा मुर्ति भित्रयाईन्छ । टोखा बिस्का नख बिधिवत रुपमा समापन हुन्छ ।