३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिच्छवीकालीन समयदेखि मनाइदै आएको विस्केट जात्रा सुरु



अ+ अ-

काठमाडौं । लिच्छवीकालीन समयदेखि मनाइदै आएको टोखाको विस्केट जात्रा भोलीदेखि सुरु हुने भएको छ । यस जात्रालाई नयाँ वर्षसंग जोडिएर मनाउने गरिन्छ ।

बैशाख १ गतेको चार दिन अगाडिबाट हुने जात्रामा सपनतीर्थ मन्दिर परिसरको त्रिवेणी र दूधवेनी खोलाको संगम स्थललाई थुनि पोखरी बनाइने गरिन्छ । सो पोखरीमा ४ दिनमा जसरी पनि पानी भरिएकै हुनुपर्ने छ चैत्र मसान्तको दिनमा बिहानैदेखि नुहाइ धुवाइ गरी मीठो भोजन गरी अधिकांश बागद्धार जान्छन र बेलुका श्री सपनतीर्थ विनायक श्री चण्डेश्वरी माईको मूर्तिलाई खटमा राखी चिलाख(मुस्या प्वाः)प्रज्ज्वलन गरी बाजागाका साथ टोखा नगर परिक्रमा गराईन्छ ।

बैशाख १ गते नयाँबर्ष आगमनको रात एकदुइ बजे सपन विनायकको माता संकटामाईले सपनतीर्थ पोखरीमा स्नान गरेको केही संकेत आएपश्चात स्नान गर्न शुरु गरीन्छ । त्यतिञ्जेल सम्म चराचुरुङ्गीहरुले समेत पोखरीमा डुवुल्की नमारोस भनि पोखरीको चारैतिर बसि पहरा दिने चलन छ ।उक्त शिद्ध पोखरीमा स्नान गर्दा कुष्ठरोग निकोहुने जन बिस्वासको आधारमा लाखौं भक्तजनहरु मेला भर्न आउने गर्दछन ।

मेला भरी सकेपछि टोखा बजारमा दिन भरि नै बिभिन्न ठाउँबाट आई लोकदोहोरीका साथ नाचगान गरी रमाइलो गरिन्छ । सोही दिन बेलुका ४ बजेतिर मसानकाली माई मन्दिर परिसर भुतखेल चौरको भुमिमा उत्पादन हुने सम्पूर्ण खाद्यान्न अन्न वीजहरु र चराचुरुङ्गीको प्रतिमा ल्याइ आचायजुबाट होम गरिन्छ ।

बैशाख २ गते बिहान सबै देवगणहरु चण्डेश्री,सपनतीर्थ,महादेव, सरस्वती, मसानकाली, गणेश, कोथु गणेश आ–आफ्नो आशन एलागटोल बिसाइन्छ ।

सरकारी पुजा र जीवित देवी गणेश कुमारी आगमन संगै सिन्दुर जात्रा सुरु हुन्छ टोखा नगर परिक्रमा गरी थनेलाछीमा आ–आफ्नो आशनमा बिसाइन्छ। रातभर भजन कीर्तन गरिन्छ र जात्रा नाग संग सम्बधित भएकोले या प्याखँ नाच र नाग प्याखँ नाच देखाइन्छ ।दियो बत्ती दिनेको भीड हुने गर्छ।

बैशाख ३ गते बिहानै सिन्दुर जात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा गरी हासलेमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाइन्छ । दिनभर पूजा–आजा भजन कीर्तन सहित पुनः ४ बजेतिर सरकारी पुजा र जीवित देवी गणेश कुमारी आगमन संगै सिन्दुर जात्रा गरी सरस्वती चौरमा रहेको पोखरीमा सबै देवदेवीहरुलाई स्नान गर्ने चलन छ ।

त्यस पश्चात भुतखेलमा अवस्थित मसानकाली माईको मन्दिर परिक्रमा गराई फर्केपछि सरस्वती चौरमा पिगंन्द्यो र कोथु गणेद्योबाट बाटो छेकी केही समय रमाइलो गर्ने चलन छ ।

त्यस पश्चात टोखा नगर परिक्रमा गराई कोनेलाछीमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाइन्छ । रातभर भजन कीर्तन गरि दवलीमा या प्याखँ र नाग प्याखँ देखाइन्छ ।दियो बत्ती दिनेको भीड हुने गर्छ ।

बैशाख ४ गते बिहानै सिन्दुर जात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा गरी गछें टोलमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाईन्छ ।

दिनभर पूजा–आजा भजन कीर्तन गरिन्छ । दिउँसो ४ बजे सिन्दुर जात्रा गरी टोखा नगर परिक्रमा गरी सबै रथहरु कोने लाछीमा जम्मा भई रमाईलो गरे पश्चात आ–आफ्नो देवघरमा रथ आफ्नो पालो भएको घरमा विधिवत रुपमा मुर्ति भित्रयाईन्छ । टोखा बिस्का नख बिधिवत रुपमा समापन हुन्छ ।




भर्खरै