३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगदेशको बिस्का जात्रा चैत्र मसान्तबाट सुरु हुँदै



अ+ अ-

भक्तपुर । भक्तपुरको प्राचिन सभ्यतासँग जोडिएको नगदेशको बिस्का जात्रा चैत्र मसान्तबाट सुरु हुने भएको छ ।


 चैत्रको अन्तिम दिनबाट तिन दिनसम्म चल्ने जात्रामा नायो खिं बाजा, धिमे बाजा लगायत बिभिन्न बाजागाजाको साथमा हजारौं महिला पुरुष नाचगानका साथ सिंन्दुर छर्दै नगदेश जात्रा गर्ने गरिन्छ ।

सुरुको दिनमा न्याङ्ग टोलको द्यो छेंबाट खटमा राखी श्री सिद्धि गणेशलाई लाछी स्थित मन्दिरमा बिराजमान गराई रातभर जाग्राम बसी भजन गर्ने गरिन्छ । यस्तै जात्राको दोस्रो दिन मन्दिरबाट जात्रा गरी तिनतल्ले खतमा बिराजमान गराइने चलन रहेको छ ।

दोस्रो दिन बेलुकी ८ः ३० बजे सम्पूर्ण बाजा गाजा सहित तिनतले खटमा राखी श्री सिद्धि गणेश भगवानलाई जात्रा गरी नगदेश परिक्रमा गरी लाछी स्थित बुद्ध स्तुपा संगैको विशेष आसनमा बिराजमान गराई रातभर जाग्राम बसी भजन गरी सयौं भक्तजनहरु द्धारा दिप प्रज्वलन गर्ने गरिन्छ ।

जात्राको तेस्रो दिन अर्थात२ गते बिहान ७ बजेदेखि सो स्थानबाट सिन्दुर जात्रा गरी बिभिन्न बाजा सहित सिंन्दुर छर्दै नगदेश परिक्रमा गरी मिलरोड, बहाखा बजारहुँदै बालसुकी चोकसम्म परिक्रमा गरी पुन लाछी स्थित मन्दिर परिक्रमा गरि द्यो छेंमा श्री सिद्धि गणेशलाई पुन प्रतिस्थापन गरेपछि नगदेश जात्रा समाप्त हुन्छ ।