२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगदेशको बिस्का जात्रा चैत्र मसान्तबाट सुरु हुँदै



अ+ अ-

भक्तपुर । भक्तपुरको प्राचिन सभ्यतासँग जोडिएको नगदेशको बिस्का जात्रा चैत्र मसान्तबाट सुरु हुने भएको छ ।


 चैत्रको अन्तिम दिनबाट तिन दिनसम्म चल्ने जात्रामा नायो खिं बाजा, धिमे बाजा लगायत बिभिन्न बाजागाजाको साथमा हजारौं महिला पुरुष नाचगानका साथ सिंन्दुर छर्दै नगदेश जात्रा गर्ने गरिन्छ ।

सुरुको दिनमा न्याङ्ग टोलको द्यो छेंबाट खटमा राखी श्री सिद्धि गणेशलाई लाछी स्थित मन्दिरमा बिराजमान गराई रातभर जाग्राम बसी भजन गर्ने गरिन्छ । यस्तै जात्राको दोस्रो दिन मन्दिरबाट जात्रा गरी तिनतल्ले खतमा बिराजमान गराइने चलन रहेको छ ।

दोस्रो दिन बेलुकी ८ः ३० बजे सम्पूर्ण बाजा गाजा सहित तिनतले खटमा राखी श्री सिद्धि गणेश भगवानलाई जात्रा गरी नगदेश परिक्रमा गरी लाछी स्थित बुद्ध स्तुपा संगैको विशेष आसनमा बिराजमान गराई रातभर जाग्राम बसी भजन गरी सयौं भक्तजनहरु द्धारा दिप प्रज्वलन गर्ने गरिन्छ ।

जात्राको तेस्रो दिन अर्थात२ गते बिहान ७ बजेदेखि सो स्थानबाट सिन्दुर जात्रा गरी बिभिन्न बाजा सहित सिंन्दुर छर्दै नगदेश परिक्रमा गरी मिलरोड, बहाखा बजारहुँदै बालसुकी चोकसम्म परिक्रमा गरी पुन लाछी स्थित मन्दिर परिक्रमा गरि द्यो छेंमा श्री सिद्धि गणेशलाई पुन प्रतिस्थापन गरेपछि नगदेश जात्रा समाप्त हुन्छ ।