७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ को आयोजना हुने



अ+ अ-

काठमाडौँ । बाह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा सर्वोच्च शिखर सगरमाथाको सफाइ अभियान सञ्चालन गरिने भएको छ । आगामी अप्रिलदेखि जुन महिनासम्म ‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ आयोजना गर्न लागिएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, खुम्बु पासाङल्ह्यामु गाउँपालिका तथा नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयुक्त आयोजनमा सगरमाथा सफाइ अभियान गर्न लागिएको जानकारी दिइयो ।

सो अभियानले सगरमाथाबाट करिब १० हजार टन फोहर सङ्कलन गरिने आयोजकले जनाएको छ । यस पटकको सफाइ अभियानमा सगरमाथा क्षेत्रमा रहेका शवको पनि व्यवस्थापन गर्न प्रयास गरिनेछ । सङ्कलित फोहर अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) का दिन सोलुखुम्बुको नाम्चेमा प्रदर्शन गर्ने र तत्पश्चात व्यवस्थापन गर्न सकिने फोहरलाई नाम्चेमै व्यवस्थापन गरिनेछ ।

प्रशोधन गर्न मिल्ने फोहर काठमाडौँ ल्याई विश्व वातावरण दिवस (५ जुन) का दिन काठमाडौँमा प्रदर्शन गरी ‘ब्लू वेष्ट टु भ्यालु’ नामक संस्थालाई उचित व्यवस्थापनका लागि हस्तान्तरण गरिने जनाइएको छ ।

अभियानका लागि रु दुई करोड ३२ लाख १६ हजार खर्च हुने छ । उक्त रकम आयोजक निकाय र केही दातृ निकायबाट जुटाइनेछ । अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले रु ३० लाख तथा नेपाल पर्वतारोहण सङ्घले रु २० लाख सहयोग गर्ने जनाएका छन् ।

पर्यटन बोर्ड, विभागलगायत अन्य निकायले अभियानका लागि सहयोग गर्नेछन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार ४५ दिनको सफाइ अभियानमा १४ जना सहभागी हुनेछन् । ६ जना आधार शिविरमा रहनेछन् भने बाँकी आठ जनाले सगरमाथाको चुचुरो नजिक अर्थात् ‘साउथ पोल’सम्म पुगेर फोहर जम्मा गर्नेछन् ।

‘साउथ पोल’मा करिब १५ दिन सफाई चल्ने छ । ‘साउथ पोल’बाट दुई हजार र क्याम्प तीनबाट तीन हजार किलो फोहर जम्मा गर्ने लक्ष्य लिइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा सफाइ अभियान निकै चुनौतिपूर्ण काम भएपनि यसलाई सफलताका साथ सम्पन्न गर्न अन्तरनिकाय समन्वयका साथ अघि बढ्ने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले सगरमाथाको फोहोरसम्बन्धी गलत सन्देश विश्व बजारमा गइरहेकाले त्यस्तो भ्रम चिर्दै भएका फोहोर व्यवस्थापन प्रभावकारी बनाउन सफाइ अभियान शुरु गरिएको र यसलाई आगामी वर्षमा निरन्तरता दिइने बताए ।

विदेशी सञ्चार माध्यमले प्रचार गरेजस्तो सगरमाथामा धेरै शव नभएको र साउथ पोलमा दुई देखि तीन मात्र शव भएको सगरमाथा प्रदूषण समितिले स्पष्ट पारेको छ ।

शव भेटिएको खण्डमा व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण हुन्छ । समितिका अध्यक्ष शेर्पाले आठ हजार मिटरबाट शव आधार शिविरसम्म ल्याउन कम्तीमा आठ जनाको जनशक्ति चाहिन्छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथा क्षेत्रमा कति शव छन् भनेर यकीन विवरण नभएपनि सफाइ अभियानका क्रममा भेटिएका शव मौसमले साथ दिएमा व्यवस्थापन गरिने बताए ।

जलवायु परिवर्तनको जोखिमबाट सगरमाथासहितका हिमाल संरक्षणमा सबै जुट्नुपर्छ भन्ने सन्देशसहित सफाइ अभियानलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउन लागिएको उनले जानकारी दिए ।

अभियानमा साथ दिएको नेपाली सेनाका सेनानी दीपेन्द्र न्यौपानेले अभियानलाई प्रभावकारी बनाउन चिकित्सकसहितको टोली र हेलिकप्टर तम्तयार अवस्थामा रहने बताए ।