२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठ तस्कार र बनका पदाधिकारीबिच मुडभेड



अ+ अ-

धनगढी । कैलालीमा काठ तस्कार र बनका पदाधिकारीबिच मुडभेड भएको छ । हरियो सालको रुख काटेर ल्याउदै गर्दा तस्कारसँग मुडभेड हो ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ८ स्थित पथरैया सामुदायिक बन क्षेत्रबाट सालका ५ वटा गोलिया काठ शुक्रबार बिहान साढे २ बजे साइकलमा हरियो सालको रुख काटी साल गोलिया बनाइ साईकलमा लोडगरी ल्याउँदै गर्दा बनका पदाधिकारीबिच मुडभेड हुँदा तस्करहरु फारार भएको पथरैया सामुदायिक बनका अध्यक्ष भद्र बिष्टले जानकारी दिए ।

अध्यक्ष बिष्टका अनुसार वडा नम्वर ८ मा ५ सालका गोलिया सहित, गोलिया बोक्नकै लागि बनाइएको ५ बटा साइकल, रेति १ थान, खुकुरी १ थान, बन्चरो १ थान र रेन्च १ थान बरामद गरिएको बताए । बरामद गरिएको गोलिया सामुदायिक बनको हातामा राखिएको छ ।