७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका कारण देश अत्यन्तै अप्ठेरोमा पर्यो– सहमहामन्त्री डा.महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले देश यतिबेला अत्यन्तै अप्ठेरो स्थितिबाट गुज्रिरहेको बताउनुभएको छ । विभिन्न ११ ओटा विद्यार्थी संगठनद्धारा आज आयोजित समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो– वर्तमान सरकारको असक्षमता र सत्ता सञ्चालनमा चरम लापरपाहीका कारण देश दिन प्रतिदिन अप्ठेरोमा पर्दै गएको छ ।

कम्युनिष्ट पार्टीहरुले निर्वाचनमा जाँदा धेरै आस्वासन दिएका, यो वा त्यो सबै गरिदिन्छौँ भन्दै जनतामा आशा बाँढेका र त्यसले जनतामा अहिले आएर निराशा मात्र दिएकोले उनीहरुमा ठूलो वितृष्णा पैदा भएको भन्दै यसले भोलि देशमा बडो खतरनाक स्थिति ल्याउने उहाँले बताउनुभयो ।

सहमहामन्त्री डा.महतले भन्नुभयो– अहिले स्पष्ट भएको छ चुनाव ताकाको राष्ट्रियताको नारा सबै सत्तामा जाने भर्याङ मात्र रहेछ, त्यो सबै भोट बटुल्ने तरिका मात्र रहेछ, यसले सत्ताधारीहरुलाई क्षणिक रुपमा फाइदा दिएको भए पनि देश ठूलो घाटामा छ ।

सो गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– आज देश अत्यन्तै अप्ठेरो स्थितिमा पुगेको छ, राष्ट्रियता वर्तमान सरकारको केवल भाषण गर्ने हल्का विषय बन्दा यसले देशलाई बडो संवेदनशिल अवस्थामा पुर्याएको छ, देशलाई यसले अपुरणीय क्षति पुर्याउने देखिएको छ ।

देशमा संस्थागत भ्रष्टाचार मौलाएको, अहिले लाख, करोडमा नभएर अरब अरबमा भ्रष्टाचार भएका काण्डहरु सुन्ने गरिएको र त्यसको उदाहरणका रुपमा हवाई जहाज, बुढीगण्डकी, फोर जी, सुनकाण्ड लगायत काण्डै काण्ड अहिले चर्चामा रहेका उहाँले बताउनुभयो ।

सो गोष्ठीमा सहभागी कम्युनिष्ट विचारधाराका विद्यार्थी संगठनप्रति इंगित गर्दै उहाँले प्रश्न गर्नुुभयो– कम्युनिष्ट विचारधाराको पनि मैले बुझेको सिद्धान्त गरिबीबाट जनतालाई मुक्ति र न्यायमा समानता हो, तर यो सरकारले त्यसो गर्न सकेको छ त ? उहाँको प्रश्न थियो ।

उहाँले भन्नुभयो– कम्युनिष्ट विचारधाराका विद्यार्थी साथीहरुह तपाईँहरु नै भन्नुस के यो सरकार यी सैद्धान्तिक काममा लागेको छ कि कमाउ धन्दामा ? यो सरकारको जनविरोधी काम, अधिनायकवाद, र भ्रष्टाचारको विरुद्धमा अब विद्यार्थीहरु लाग्नुपर्ने बेला आएको उहाँको भनाई थियो ।

जहिले पनि विद्यार्थीहरु देशको महत्वपूर्ण परिवर्तनमा नेतृत्व लिएर अघि बढेको गौरवपूर्ण इतिहास हाम्रा सामु रहेको स्मरण गर्दै सहमहामन्त्री डा.महतले यतिबेला पनि देश अत्यन्तै अप्ठेरोमा परेकोले यी सारका बिकृती र विसंगतिहरु हटाउन नेपाल विद्यार्थी संघले नेतृत्व लिने उहाँले बताउनुभयो ।