१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

नारायणी अस्पतालमा अनियमितता, १३ गुणा बढी मूल्यमा औषधि खरिद

नारायणी अस्पतालमा अनियमितता, १३ गुणा बढी मूल्यमा औषधि खरिद
अ अ+ अ-

वीरगन्ज । सप्लायर्सले सस्तोमा ठेक्का सकार गरे पनि नारायणी अस्पतालले आफूलाई चाहिने हाइड्रोजन परअक्साइड बजारबाट करिब १३ गुणा बढी मूल्यमा खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७५र०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकार गरेको थियो । अस्पतालको स्टोर शाखाले भने ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको छ ।

मृगौलाको डायलिसिसमा हाइड्रोजन परअक्साइड केमिकल्स प्रयोग गरिन्छ । नारायणी अस्पतालमा ५ वटा डायलिसिस मेसिन सञ्चालनमा छन् । अस्पताल प्रशासनले भने औषधि आपूर्तिको ठेक्का सकार गर्ने ठेकेदारले आपूर्ति नगरेकाले बाहिरबाट खरिद गर्नुपरेको जनाएको छ । ठेक्का पार्न सप्लायर्सले महँगो औषधि सस्तोमा सकार गरेको अस्पतालको दाबी छ । ठेक्का परेपछि अन्य औषधि आपूर्ति गरिरहे पनि हाइड्रोजन परअक्साइड भने आपूर्ति गरेको छैन ।

औषधि व्यवसायीका अनुसार हाइड्रोजन परअक्साइको बजार मूल्य करिब ६ सय रुपैयाँ पर्छ । ६ सय रुपैयाँमा पाइने हाइड्रोजन परअक्साइड अस्पतालको स्टोर शाखाले मूल्य अभिवृद्धि करबाहेक ९ सय चार रुपैयाँमा खरिद गरिरहेको छ । स्टोर शाखाको गत असोज २३ गतेको खरिद आदेशमा ६० बोतल हाइड्रोजन परअक्साइड ९ सय चार रुपैयाँका दरले मूल्य अभिवृद्धि करसहित ६१ हजार २ सय ३१ रुपैयाँमा वीरगन्जको न्यु साइन्स इम्पोरियमबाट खरिद गरेको अभिलेख छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।एनामुल हकले औषधि आपूर्तिको ठेक्का पाएका व्यवसायीले हाइड्रोजन परअक्साइड उपलब्ध नगराएपछि खरिद गर्नुपरेको बताए । ुऔषधि सप्लाई नगरेपछि बाहिरबाट खरिद गर्नुपरेको हो,ु उनले भने, ुहामी सप्लायर्सको बैंक ग्यारेन्टीबाट रकम कट्टा गर्छौं ।ु बजार मूल्यभन्दा ३ सय रुपैयाँ बढीमा हाइड्रोजन परअक्साइड खरिद भइरहेको प्रश्नमा मेसुले आफूलाई जानकारी नभएको बताए । ुरेटबारे मलाई जानकारी छैन्,ु उनले भने, के भएको रहेछ म हेर्छु । कान्तिपुरबाट ।