१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

विदेशी भूमिमा भौतारिनु पर्ने दिनको अन्त्य कहिले ?

विदेशी भूमिमा भौतारिनु पर्ने दिनको अन्त्य कहिले ?
अ अ+ अ-

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुगेका छौं।

नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।’ विगतको सुक्ष्म समीक्षा गर्दै नव वर्षको स्वागत गर्नुपर्ने उनको भनाइ छ। ‘स्वभावत यतिखेर हामीले बितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हामीले अब केवल हिजो अस्तिकोजस्तो समय बियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन।’ जनताको घर दैलोमा आफू पुग्दा जनताका अनगिन्ति समस्या र दूर्दान्त पीडा पाएको उनले उल्लेख गरेका छन्।

‘लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहनेरु’ सन्देशमा उनले भनेका छन्, ‘स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ।’

उनले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको बताएका छन्। ‘देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणाको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्दछ भन्ने सधैं हाम्रो विश्वास रही आएको छ,’ सन्देशमा उनले भनेका छन्, ‘ विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’ नयाँ वर्ष साच्चिकै नयाँ रहोस्, नयाँ वर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् भन्ने कामना पनि उनले गरेका छन्। नेपाल समाचार पत्रबाट ।